२०८१ मंसिर १४ , शुक्रवार

नाबालक दुई छोरालाई विष पिलाएर महिलाद्वारा आत्महत्या प्रयास, कान्छो छोराको मृत्यु

सुनाखरी न्युज / मकवानपुरको हेटौंडामा  बुधबार साँझ हेटौँडा ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

झार मार्ने विषादी प्याराक्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज सीएमसीमा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

 

साथै, आमा सोनी र अर्को छोरा अस्किनको अवस्था गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ ।