सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय कानुनविपरीत भएको भन्दै दुई जना वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् । उनीहरुले संविधानविपरीतको कदम भन्दै त्यसलाई रोक्न माग गर्दै रिट लिएर पुगेका हुन् ।
वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्ले त्यसरी सिफारिस गर्ने आधार नभएको र पुरानो राष्ट्रपतिले रोकेको विधेयक नयाँ राष्ट्रपतिले जारी गर्न नमिल्ने तर्क गर्दै रिट लिएर पुगेका हुन् ।