२०८१ पुष २५ , बिहिवार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३, श्रृङखला २ को आयोजना

सुनाखरी न्युज/ काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकलेआफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यहि जेठ २० गते शनिबार देखि २२ गते सोमबार (तिनदिन) सम्मइमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् ।

 

आज आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेताट्रफी र बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले जर्सी सार्वजनिकगर्नु भएको थियो । क्रिकेट लिगकाप्राविधिकनिर्देशकश्री रविन्द« गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पार्नुका साथै समुह विभाजन गर्नुभएको थियो । उक्त सम्मेलनमाबोल्दै बैंककाप्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले यस क्रिकेट लिगले बैंक तथावित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रताबढाउनथप सहयोग पुग्ने बताउनुभयो ।

 

लिगकमनकआउट फर्म्याटमा आयोजनाहुने प्रतियोगितामाकुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलिलाई ४ वटा समुहमाविभाजन गरिनेछ जसबाट समुहको उत्कृष्टहुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्सको हुनेछ । प्रतियोगितामामाछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमाविकास बैंक, लुम्बिनीविकास बैंक, कामना सेवाविकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मीविकास बैंकको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको विजेता, उपविजेताटिम, म्यानअफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदानगरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युटृयुबच्यानल मार्फत हुनेछ ।