सुनाखरी न्युज / काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ ।ह्वाइट हाउसका अनुसार उनी बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए ।
ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विट गर्दै राष्ट्रपति बाइडेज ठिक रहेको रहेको र कुनै चोट नलागेको स्पष्ट पारेका छन् । बाइडेन यसअघि पनि पटक–पटक सार्वजसनिक कार्यक्रममा लडेका थिए । गत फेब्रुअरी २३ मा पोल्यान्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्याङ उक्लिइरहेको बेला लडेका थिए ।
२०२२ नोभेम्बर १६ मा जी–२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जंगलमा हिंड्नेक्रममा लडेका थिए । ०२२ कै जुनमा लस एन्जलसमा एक टेलिभिजन अन्तर्वार्ताकहा लागि जाने क्रममा विमानको भर्याङमा ठोक्किएर लडेका थिए ।