२०८१ मंसिर ११ , मंगलबार

दैनिक ओखर खाँदा थुप्रै समस्या हट्ने, खाने सही तरिका के त ?

 

सुनाखरी न्युज / काठमाडौं –    लगभग सबै ड्राई फ्रुट स्वास्थ्यका लागि लाभकारी हुन्छ तर तीमध्ये पनि एउटा यस्तो ड्राई फ्रुट छ, जसले स्वास्थ्यलाई धेरै नै फाइदा पुर्‍याउँछ र त्यो हो – ओखर । हार्वर्ड मेडिकल स्कुलका अनुसार धेरैजसो ड्राई फ्रुटमा स्याचुरेटेड फ्याट हुन्छ तर ओखरमा पोलिस्याचुरेटेड फ्याटका साथै ओमेगा थ्री फ्याटी एसिड र अन्य विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छ जुन अन्य कुनै पनि ड्राई फ्रुटमा एकै पटक पाइँदैन । ओखरमा अल्फा लिनोलेनिक र लिनोलेनिक एसिड हुन्छ जुन एन्टी–इन्फ्लामेटरी हुन्छ । अर्थात्, यसले शरीरको आन्तरिक भागमा सुजन हुन दिँदैन । लिनोलेनिक एसिडका कारण रक्तनली पनि स्वस्थ हुन्छ । यसले रगत भित्र बोसो जम्न पनि दिँदैन । ओखरको सबैभन्दा ठुलो फाइदा के हो भने यसले हृदयाघातको आशङ्का निकै कम गर्न सक्छ ।

हार्वर्ड मेडिकल स्कुलका अनुसार विद्यालयका अनुसार पहिलो पटक ठुलो मात्रामा गरिएको अनुसन्धानमा ओखरले कुल कोलेस्ट्रोल कम गर्छ भन्ने प्रमाणित भएको छ । यसको सेवनले मुटुका सबै प्रकारका रोग लाग्ने खतरा कम हुन्छ । ओखरको सीमित मात्रामा सेवनले रक्तचाप र कोलेस्ट्रोलको स्तर कम गर्ने धेरै अध्ययनको परीक्षणले पनि दाबी गरेको छ । मुटुसँग सम्बन्धित जटिलता भएकाहरूका लागि पनि ओखर निकै फाइदाजनक हुन्छ ।त्यसो भए जानौँ कुन–कुन ड्राई फ्रुट भिजाएर खानुपर्छ, जसले गर्दा तपाइको स्वास्थ्य फिट रहन्छ ।

 

हार्वर्ड मेडिकलले अघिल्लो २६ अध्ययनको डाटा विश्लेषण गर्यो जसमा हजारभन्दा बढी मानिसमाथि परीक्षण गरिएको थियो । त्यसपछि, यो पत्ता लाग्यो कि ओखरको सेवनले कुल कोलेस्ट्रोललाई ७ मिलिग्राम प्रति डेसीलिटर भन्दा कममा ल्याउँछ । यसै गरी ओखरको सेवनले एलडीएल कोलेस्ट्रोललाई ५।५ मिलिग्राम प्रति डेसिलिटर, ट्राइग्लिसराइड्सको ५।७ मिलिग्राम प्रति डेसिलिटर र एपोप्रोटिन बीलाई ४ मिलिग्राम प्रति डेसिलिटरसम्म कममा झार्छ ।

 

राम्रो कुरा के हो भने ओखर अलि बढी खाँदा पनि यसले खासै हानी पुर्‍याउँदैन । रिपोर्टका अनुसार सबै ड्राई फ्रुट भिजाएर खानु फाइदाजनक हुँदैन । बदाम, किसमिस र आलुबखडा जस्ता ड्राई फ्रुट भिजाएर खाँदा बढी फाइदाजनक हुने विज्ञ बताउँछन् ।काजू, ओखर, बदाम, पिस्ता, छोकडा जस्ता सुख्खा फलफूल नभिजाई खान सकिन्छ । केही सुख्खा फलफूल जस्तै ओखरमा आवश्यक फ्याटी एसिडहरू हुन्छन् जुन रातभर भिजाउँदा नष्ट हुने भएकोले भिजाएर खानु हुँदैन ।