२०८१ मंसिर ११ , मंगलबार

गर्मीमा लौकाको जुस पिउनूहोस्, बच्नुहोस् यी समस्याबाट

सुनाखरी न्युज / काठमाडौं – लौका तरकारी खाने एक प्रकारको सब्जी हो । विश्वका प्रायः सबै ठाउँमा लौकाको उत्पादन हुन्छ । लौका धेरै थरीका हुन्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो । आज हामी लौकाको जुसको बारेमा बताउँदैछौं ।लौकाको जुसमा चिनीको मात्रा हुँदैन र त्यसमा फाइबर धेरै मात्रामा हुन्छ ।

 

लौकाको जुसमा भिटामिन ‘सी’ बढी पाइने हुनाले यसलाई खाने गरिन्छ । लौकाको जुसमा ९२ प्रतिशत पानी, भिटामिन ‘के’, क्याल्सियम र अन्य धेरै मिनरलहरु पाइन्छ । यस्ता छन् लौकाको जुस पिउनुका फाइदाहरुः

-लौकाको जुसले मुटुलाई स्वस्थ बनाउछ । लौकाको जुस नियमित प्रयोग गर्नाले कोलेस्टोर कम हुन्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।

– सुगर रोगको लागि पनि लौकाको जुस फाइदाजनक हुने गर्दछ । लौकाको जुसमा चिनीको मात्रा कम हुने भएकोले यो सुगरका विरामीले सजिलै यसको प्रयोग गर्न सक्छन् । लौकाको जुसमा फाइबर धेरै र क्यालोरी कम हुन्छ ।

-तौल कम गर्नको लागि पनि लौकाको जुस प्रयोग गर्ने गरेको पाइन्छ । हामीले तौल कम गर्नका लागी विभिन्न किसिमका फाइबर प्रयोग गरेका हुन्छौ । सबैभन्दा बढी फाइबर लौकामा पाइने हुनाले यसको प्रयोग बढी हुने गर्दछ ।

 

-लौकाको जुस ग्याष्ट्रिक, अल्सर भएको बेलामा पनि धेरै फाइदाजनक हुन्छ । लौका यस्तो चिज हो, जसले धेरै कुराहरुमा फाइदा दिएको छ । यसले शरीरभित्र रहेको ग्यासलाई नियन्त्रणमा राख्छ ।

-लौकाको जुसले गर्मीको समयमा धेरै फाइदा पुर्याउँछ । लौकाको जुस आफैंमा चिसो हुने हुनाले शरीरमा गर्मीको मात्रा कम गराई चिसो राख्न मद्धत गर्छ । गर्मीको समयमा नाकबाट रगत आउने, खाना मीठो नहुनेजस्ता समस्या कम गर्न यो लाभदायिक हुन्छ ।

-लौकाको जुसले मानसिक तनाव कम गर्नमा मद्दत गर्छ । लौकाको जुसमा कोलिन पाइन्छ । कोलिन एउटा न्युरो ट्रान्समिटर हो जसले दिमागको क्षमता बढाउछ र तनाव कम गर्छ । मानसिक समस्यालाईसमेत यसले धेरै मद्दत पुर्याउँछ । यस बाहेक शरीरभित्रको फोहोर सफा गर्न,कब्जियत नियन्त्रण गर्न र पिसाबको इन्फेक्सनका लागिसमेत लौकाको जुस लाभदायक हुने गर्दछ ।