२०८१ मंसिर ११ , मंगलबार

भुलेर पनि नखानुस् बासी खाना, हुन्छ ब्याक्टेरिया जन्मिने खतरा

सुनाखरी न्युज/ काठमाडौं । मानिसहरू खाना बचेको अवस्थामा वा खाना पकाउन अल्छि गरेर बासी खाना खाने गर्दछन् । तर, यस्ता बासी खाना स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् । फुड प्वाइजनिंगबाट बच्नका लागि बासी खानबाट बच्नुपर्छ । गर्मीमा बासी खानामा ब्याक्टेरिया जन्मिने खतरा हुन्छ ।

 

त्यस्तै, आयुर्वेदका अनुसार खाना बनेको दुई घण्टाभित्र नै त्यसको सेवन गर्नुपर्ने हुन्छ । खाना जब बासी हुँदै जान्छ यसमा पाइने पोषक तत्वहरू पनि कम हुँदै जान्छ । बासी खाना ज्वरोको कारण पनि बन्न सक्छ । बासी खानामा ब्याक्टेरियाहरू आउने भएकाले इन्फेक्सनको खतरा हुन्छ जसको लक्षणस्वरूप ज्वरो आउने पनि हुन सक्छ । गर्मीमा बासी खाना खाँदा वान्ता वा पखालाजस्ता समस्याहरूसमेत देखिन सक्छ ।

 

आफ्नो पाचन शक्तिलाई राम्रो बनाइराख्न चाहनुहुन्छ भने बासी खानबाट बच्नुहोस् । बासी खानाले पाचन प्रक्रियालाई पनि नराम्रो असर गर्दछ । जसले गर्दा पेट दुख्ने समस्या हुन सक्छ । विशेषगरी, गर्मी मौसममा ताजा खाना नै पाचनका लागि राम्रो मानिन्छ ।एजेन्सी