सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउपश्चात् हिरासतमा रहेका १८ जनाकै बयान सकिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका अनुसार आरोपितविरुद्धको बयान शुक्रबार सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुनेछ । शुक्रबार जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकी आरोपितहरुको बयान यसअघि नै अदालतले लिइसकेको छ ।
आइतबारदेखि सुरु हुने थुनछेक बहस सकिएपछि आरोपितहरुलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका लागि कारागार पठाउने अन्तिम टुंगो लाग्नेछ ।