२०८१ मंसिर ४ , मंगलबार

एउटा फरक डाकु रत्नाकर … दाेश्राे वाल्मीकि बन्न लागेकै हाे ?

गाेपी ढकाल – रत्नाकर डाकु मात्र थिएनन … उनि व्याधा पनि थिए । उनले जाेडी चरामाथि वाण चलाउदा त्याे वाण लागेर एउटा चरा भुइमा खस्याे भने अर्काे चरा रूखमा वर – पर गर्दै चीत्कार सहितले आर्तनाद गर्न थाल्याे । त्यस्ताे दारूण दृश्य देखेर कठाेर मन भएका डाकु रत्नाकरकाे हृदयमा अप्रत्याशित करूणा पलायाे ।

 

त्यसरी विक्षिप्त बनेका उनले पापमाेचन गर्ने भन्दै त्याे घायल चरालाई बचाउन धेरै प्रयत्न गरे तर सकेनन । त्यसपछि आत्मग्लानी सहित आफुले गरेकाे अपराधकाे प्रायश्चित गर्दै घना जङ्गलमा बसेर ” चिडिया मरा ” मरा , मरा , मरा , मरा , मरा , मरा , मरा ,मरा भन्दै एकाग्रता सहितकाे साधनाले तपस्या गर्दा लगातार मरा भन्ने शब्द राम , राम ,राम, राम हुन गयाे । त्यसरी एकाग्रता सहित राम , राम भन्दै गरेकाे वर्षाैंकाे साधना पछि ऋषि बनेर उनले वाल्मीकि रामायण लेखेका थिए । डाकु रत्नाकरले मान्छे मारेका थिएनन किन्तु उनि व्यधा ( निसाचर ) भएकाले पक्षी र जनावरकाे बध गरेर तिनकाे मासुले पेटकाे आनन्द लिन्थे । परन्तु प्रचण्डले भने डकैत मात्र गरेनन ……. हजारौं हजारकाे ज्यान लिन पाउँदा उनि आनन्दले रमाउने गर्दथे । प्रचण्डले जनयुद्धकालिन आफ्नाे उत्सर्गकालमा धेरै निरपराध हरूलाई बलिबेदीमा चढाए , हजारौं लाला -बाला हरूलाई अनाथ बनाए , हजारौं नारी हरूलाई विधवा बनाए भने लाखौंलाई घरबार बिहीन बनाएर विस्थापित गराएका थिए ।

 

जब प्रचण्डले आफ्नै एकमात्र छाेराकाे अल्पायुमै दागबत्ती दिनु परेकाे करूण कथा र दारूण व्यथा सहितकाे आलो घाउको खाटाहरू निकाे हुन नपाउदै आफ्नै अर्धाङ्गिनीकाे अवस्था विक्षिप्तकाे बनाएर विधाताले फेरि अर्काे घाउकाे खाटा थपेपछि उनकाे अन्तर हृदय पनि करूणाले बदलिएकाे हुन सक्छ । डाकु रत्नाकर लाई झैं उनलाई पनि पश्चातापकाे अग्निले जब पाेल्न थाल्याे ….. त्यसपछि आफुले गरेका बीभत्स हत्याकाे अतीत दृश्यहरू स्मृतिको बाेझिलाे पानामा झलझली सम्झिएर अन्तर मनले आत्मग्लानी गर्दै डाकु रत्नाकरकले झैं प्रायश्चित गर्ने उचित स्थान र समयकाे इन्तिजार गरेर बसेकाे हुनु पर्दछ । जुन अवसर उनले भारत भ्रमणमा निस्केका बेला उज्जैन स्थित महाकालेश्वर भगवानकाे मन्दिरमा पुगेर पूरा गरे ।

 

प्रचण्ड जस्ता हृदयहीन मान्छे समेत प्रायश्चित गर्दै गेरू वस्त्रमा पुष्पेश्वर बाबा बन्न सके भने रामचन्द्र नामकाे सिक्किमेश्वर , देउवारूपी भकभकेश्वर , ओलीरूपी सुवर्णेश्वर , खनाल थरकाे सर्पेश्वर , गगन नामकाे बाख्रेश्वर , सिटाैला थरकाे भष्मेश्वर र उपेन्द्र नामकाे द्रव्येश्वर हरूले पनि आत्मग्लानी गर्दै प्रायश्चित गर्ने दिन आउने नै छ …….. जसरी एउटा अर्काे रत्नाकर भारत पुगेर फर्किदा अर्कै वाल्मीकि बनेर आउदैछन ।
गेरू वस्त्र धारण गरि पुष्पेश्वर बाबा बनेका प्रचण्ड बारे नानाथरी टिप्पणी हरू भाइरल बनेकाे छ । कसैले प्रश्न गरेका छन — के पुष्पेश्वर बनेका प्रचण्ड अब सत्तामाेह बाट माथि उठ्न सक्छन ? सांसारिक सुखभाेग बाट अलग रहन सक्छन ? भाेगविलास सहितकाे कामवासना हरू त्याग्न सक्छन ?

 

माथि उठ्ने कुरा , अलग हुने कुरा र त्याग्ने कुरा त्याे उनकै प्रवृत्ति , भावना र चरित्र संग जाेडिएकाले कुनै टिप्पणी नगराैं किन्तु गेरू वस्त्र भनेकाे वैदिक सनातन हिन्दू धर्मकाे साङ्केतिक रङ्ग भएकाले गेरू वस्त्र धारण र महाकालेश्वर भगवानकाे दर्शन लाई हिन्दुराष्ट्र बनाउनु पर्दछ भन्ने सङ्केतका रूपमा लिन सकिन्छ । जयहाेस !!!

( लेखक – राप्रपाका केन्द्रीय सचिवालय सदस्य हुन )