२०८१ पुष २९ , सोमवार

कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् समाधानका उपाय

सुनाखरी न्युज/  काठमाडौं – हाम्रो कपाल झ¥यो भने हामी पुरै दिन कपालको स्याहार गर्न लाग्छौं । के कारणले र किन कपाल झ¥यो भन्ने कुरातिर हाम्रो ध्यान जादैन । वास्तवमा कपाल रगत खराब भयो भने झर्ने गर्दछ । रगत खराब हामीले खाएका खानेकुराहरु राम्रोसँग पचाउँन नसक्ने भएकोले रगतमा खराबी देखिन्छ । त्यसैले रगत खराव भएको वेला भारी हुने हुँदा माथि टाउकोसम्म पुग्न पाउदैन र कपाल झर्न सुरु गर्दछ ।कपाल झर्नुको बेलैमा कारण पत्ता लगाएर सावधानी अपनाउने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

१।आजकलको दैनिक जीवन निकै तनावपूर्ण हुने गर्छ । मानिसको शारीरिक तथा मानसिक तनावले पनि कपालको जरा कमजोर बनाउछ र कपाल झर्ने समस्या बढ्छ । तनाव लिने बानी कम गर्ने जसले गर्दा स्वस्थ रहन र कपाल झर्नबाट रोक्न मद्धत पुग्छ ।

२।लामो समयसम्म गर्भनिरोधक औषधी खाने, एस्पिरिन र एण्टीबायोटिक्स प्रयोग गर्नाले कपाल झर्ने समस्या देखीन सक्छ । यसका लागी चिकित्सकलाई नसोधी कुनै पनि औषधीको प्रयोग र यदी कुनै बिमारीका कारण कपाल झर्न थाल्यो भने सकेसम्म चाडो चिकित्सकसँग सल्लाह लिने गर्नुपछ ।

३। कपाल झर्ने समस्याबाट राहत पाउन आफ्नो खानपानमा ध्यान दिनुपर्छ । पौष्टिक भोजनको मद्ददले कपाल झर्ने समस्यामा राहत पाउन सकिन्छ ।

४। केमिकलयुक्त धुँवा, माटो आदीले पनि कपाल झर्ने हुदा यसबाट बच्नका लागि बाहिर निस्किँदा सकेसम्म कपाललाई स्कार्फ, टोपी आदीले ढाक्ने गर्नुपर्छ । यस्तो गर्दा कपाल सिधा प्रदुषणबाट जोगिन्छ र कपाल झर्ने समस्यामा कमी आउँछ ।

५। हेयर९स्टाइलिङ्गः हेयर स्टाइलको नाममा केमिकलयुक्त उत्पादनहरूको प्रयोग र हेयर ट्रिटमेन्टको कारण पनि कपाल झर्ने गर्छ । यसकारण केमिकल हेयर ट्रिटमेन्टबाट बच्नु सबैभन्दा राम्रो उपाय हो । स्ट्रेटनिङ्ग, कलरिङ्ग आदीबाट कपाल कमजोर हुन्छ ।

६। कपाल झर्नुमा मौसमले पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसममा आएको बदलावका कारण कपाल झर्ने सम्भावना बढ्छ । यसका लागि मौसम अणुसार कपालको स्याहार गर्ने गर्नु पर्दछ ।

कपाल नझर्नका लागि हामीले खानेकुराहरु खाँदा ध्यान दिनुपदर्छ । कपाल झर्नबाट रोक्नका लागि सबैभन्दा पहिले तपाईको जीवनशैली व्यवस्थित् हुनुपर्छ । भिटामिन, मिनरल्स र प्रोटिनको मात्रा मिलेको सन्तुलित भोजन लिनुहोस । फलफुल, हरियो सागसब्जी, गेडागुडी, बदामलगायतमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । यस्तो सन्तुलित भोजनले कपाल स्वस्थ राख्छ र झर्नबाट रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।

 

हामीले खाना खाँदा जीवन्त रहेको खाना खानुपर्दछ । प्रकृतिमा आफै उत्पादन भएका खानामा पौष्टिक तत्वहरु रहने भएकोले यस्तो खाना खानुपर्दछ ।कपाल विग्रने, सुक्खा हुने वा झर्ने समस्या देखिन्छ । आफ्नो कपाललाई सुहाउँदो स्याम्पु वा कन्डिसनर प्रयोग गर्न सक्नुहुन्छ । तर, कपाल राम्रो बनाउने नाममा अत्यधिक हिट दिने वा ड्राई गर्ने काम नगर्नुस् । अत्यधिक तनावले पनि कपाल झर्ने समस्या देखिन्छ । तसर्थ, तनाव कम लिनुस् । तनाव कम गर्न योगा वा मेडिटेसन गर्ने, आफुलाई मन लागेका काम गर्न सकिन्छ ।