२०८१ आश्विन ८ , मंगलबार

आर्यन खानद्धारा निर्देशित वेब सिरिजको छायांकन सुरू

सुनाखरी न्युज/ काठमाडौं  –  बलिउड सिने क्षेत्रमा किङ खानको रूपमा परिचित शाहरुख खानका छोरा आर्यन खान फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका छन् ।आर्यन खानले आफ्नो डेब्यू निर्देशनमा बन्ने वेब सिरिजको छायांकन सुरू गरेका छन्।आर्यनले पछिल्लो समय आइपिएल अक्सनमा शाहरुख खानको टिम कोलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गरेका थिए भने हाल आर्यनले नै टिमको सम्पूर्ण जिम्मेवारी उठाउँदै आएको बताइएको छ ।

 

उनी अब भने फिल्म क्षेत्रमा समेत प्रवेश गर्ने बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आर्यनले अमेजन प्राइमको एक वेब सिरिजको निर्देशक तथा लेखकको रूपमा फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका हुन् ।आफ्नो छोराको हौसला बढाउन शाहरूख खान छायांकन सेटमा पुगेका थिए।

 

यस वेब सिरिजको नाम स्टारडम राखिएको छ। शाहरूख खानले निर्माण गर्न लागेको सिरिज ६ भागमा बन्ने छ। लक्ष्य लालवानीको मुख्य भूमिका रहने सिरिजमा हिन्दी फिल्म उद्योगको एक काल्पनिक दुनियाँ देखाइने छ। आर्यन निर्देशकसँगै व्यवसायी पनि हुन्। उनले हालै डि याभोल एक्सु कपडाको ब्रान्ड लन्च गरेका थिए।