२०८१ मंसिर ९ , आइतवार

प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने

सुनाखरी न्युज/ पोखरा । पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ २६ र २७ गते हुने भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमको सहभागिता हुने भएको छ ।

 

प्रतियोगिता अन्तर्गत इपी जुनियर महिला र पुरुषतर्फ गरी छुट्टा छुट्टै इन्डिभिजुअल तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की फेन्सिङका अध्यक्ष बिजय शाहीले जानकारी दिएका छन् । त्यसै गरी खुल्ला फोयल महिला तथा पुरुषतर्फ समेत इन्डिभिजुअल तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने गरी तयारी गरिएको उनले जानकारी दिए । प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ भने बिजेता टिमलाई ट्रफी प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए ।