२०८१ मंसिर ४ , मंगलबार

छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसमा मुक्ति समाज स्याङ्जाद्वारा सहयोग

logo-sunakhari

सुनाखरी न्युज/ पोखरा। नेपाल सरकारले राष्ट्रलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ औं दिवसको अवसरमा मुक्ति समाज स्याङ्जाले स्याङ्जा जिल्ला कारागारका बन्दी जीवन विताइरहेका बन्दीहरुलाई एकथान टिमी हस्तान्तरण गर्दै फलफूल समेत प्रदान गरेको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पुतलीबजार नगरपालिकाका पूर्व मेयर सिमा क्षेत्रीले विगतका दिनमा प्रत्यक्ष उत्पीडित दलित समुदायलाई विभेद गरिने अहिले अप्रत्यक्ष विभेद हुने गरेको छ, यो दुःखद कुरा हो भन्नुभयो । कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्व सांसद टेकु नेपाली, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, मुक्ति समाज केन्द्रीय कमिटी सदस्य धनबहादुर नेपालीले व्यवहारबाट समानताको अनुभूति र प्रत्याभूति नभएसम्म विभेद रहिरहन्छ भन्नुभयो ।

कार्यक्रममा कारागार प्रमुख चुडामणि भण्डारी, नेकपा एमाले स्याङ्जा उपसचिव तारा शर्मा, आँधीखोला गा.पा. अध्यक्ष विश्व पौडेल, पुतलीबजार नगरपालिका पूर्व उपमेयर महेश पुरी, मुक्ति समाज केन्द्रीय सदस्य अमृत नेपाली लगायतले दिवसको चर्चा गरेका थिए । कार्यक्रममा जेलर चुडामणि भण्डारी र बन्दी जीवन विताएका दिपेन्द्र गुरुङले आभार व्यक्त गरेका थिए ।

घोषणा दिवसको सन्दर्भ पारेर मुक्ति समाज स्याङजाले पुतलीबजार नगरपालिका वडा नं. १४ लामागेका क्यान्सर पीडित दिलिप गायकलाई आजै गायकको निवासमा पुगेर उपचारार्थ १६ हजार आर्थिक सहयोगको रकम प्रदान गरेको छ । कार्यक्रमको अध्इक्षता मुक्तिसमाज स्याङ्जा अध्यक्ष मेघ प्रनेस, स्वागत मुक्ति समाज स्याङ्जा उपसचिव मोहन विश्वकर्मा र संचालन जिल्ला सचिव सुवास खातीले गर्नुभएको थियो ।