२०८१ आश्विन ८ , मंगलबार

५१ दिनमा चलचित्र जारीको व्यापार कति ?

सुनाखरी न्युज/ काठमाडौँ । चलचित्र जारीले मुलुकका साढे २ दर्जन सिनेमा हलमा सफल प्रदर्शनीको ५१औं दिन मनाएको छ । चलचित्रले ५१ दिन मनाउँदा यसले कति कमायो भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ ।

 

५१औं दिनसम्म नेपालमा प्रदर्शन हुँदा १६ करोड ७५ लाख ग्रस कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ । जसबाट निर्माताको हातमा करिब ९ करोड पर्ने अनुमान गरिएको छ । चलचित्रको व्यापार केही दिनमै १७ करोड पुग्ने अनुमान निर्माण पक्षको छ । गत १ वैशाखमा रिलिज भएको यस चलचित्रले शनिबार काठमाडौंका ११ वटा र मोफसलका १८ वटा गरी २९ वटा हलमा सफल प्रदर्शनीको ५१औं दिन मनाएको हो ।

 

उपेन्द्र सुब्बाको निर्देशनमा यो चलचित्र जापान, हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलिया जस्ता देशमा पनि प्रदर्शन भइरहेको छ । चलचित्र जारीमा लिम्बु समुदायका छोरीचेलीले पति छाडेर अर्को पतिसँग भाग्दा माइतीले जारी गर्नुपर्ने कथा प्रस्तुत गरिएको छ ।