२०८१ आश्विन ८ , मंगलबार

‘शकुनी मामा’ गुफी पेन्टलको निधन

 

सुनाखरी न्युज /  काठमाडौं –  ‘महाभारत’ टेलिशृंखलामा शकुनीको भूमिका निर्वाह गरेका भारतीय कलाकार गुफी पेन्टलको निधन भएको छ । गुफी पेन्टालको ७८ वर्षको उमेरमा निधन भएको हो । उनका भतिजा हितेन पेन्टलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएका छन्। गुफी पेन्टलका मूल सरबजीत सिंह पेन्टाल थिए ।

 

उनको जन्म अक्टोबर ४, १९४४ मा तर्नतारन, पञ्जाबमा भएको थियो । उनी बलिउडका चर्चित अभिनेता पेन्टलका दाजु हुन्। उनी पेशाले इन्जिनियर थिए। उनी सन १९६९ मा मुम्बई आएका थिए र प्रारम्भिक दिनमा मोडलिङमा हात हालेका थिए।

महाभारतमा उनले दुर्योधनका मामा शकुनीको भूमिका निभाएका थिए। गुफी पछिल्लो पटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा देखिएका थिए ।  गुफीको निधनमा बलिउडकर्मी र दर्शकहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन ।