२०८१ मंसिर ११ , मंगलबार

मणिपुरमा दुई समुदायबीच हिंसा भड्कियो , ३ जनाको ज्यान गयो

सुनाखरी न्युज / काठमाडौं –  गत साताको सुरुमा राज्यको मुख्य जातीय समुदायलाई अनुसूचित जनजाति ( एसटी) वर्गमा समावेश गर्न लागेको कदमको विरोधमा आदिवासी समुदायहरूले निकालेको र्‍यालीपछि हिंसा भड्किएको थियो। दुई वटा सशस्त्र समूहको बीचमा भएको गोलीबारीमा तीन जनाको ज्यान गएको र अन्य चार जना घाइते भएका छन् । पीटीआईका अनुसार इम्फालको अस्पतालमा उपचार भइरहेको छ । दङ्गाकारीहरूले घर, गाडी, गिर्जाघर र मन्दिरहरूमा हमला गरेका छन्। केही विवरणहरूमा मृत्युको सङ्ख्या ५४ पुगेको बताइएको छ।

 

त्यहाँ झण्डै १० हजार मानिसहरू विस्थापित भएको बताइएको छ। मणिपुरमा भएको हिंसाको छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाको अध्यक्षतामा आइतवार एक आयोग गठन गरेको छ । मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् । दुई समुदायका बीचमा सरकारले वैमनस्ता बढाइदिएको उनीहरूको आरोप छ । झडपबाट कुकी समुदायलाई बढी क्षति पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

गएको मे ३ मा जातीय हिंसा सुरु भएयता मणिपुरमा झडपको घटना भइरहेको छ । मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो ।