२०८१ पुष २९ , सोमवार

नरिवलको दुध लगाउँनुहोस चम्किन्छ अनुहार

सुनाखरी न्युज/ काठमाडौँ । नरिवलको दुध छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई लगाउँदा छाला मोइस्चराइज हुन्छ र साथमा अनुहारमा चमक पनि आउँछ ।

 

नरिवलको दुधले छालामा हुने चाउरीपना कम गरेर बुढोपनको लक्षणलाई पनि कम गर्छ । यसलाई अनुहारमा लगाउँदा चाउरिँदा बन्ने दाग पनि कम हुन्छ । नरिवलको दुधले छालाई प्राकृतिक रुपमा मोइस्चराइज गर्ने काम गर्छ । यसलाई अनुहारमा लगाउँदा मुलायम हुन्छ र अनुहारको रुखोपन गायब हुन्छ । इलास्टिसिटी कम हुँदा छालासँग जोडिएका समस्या आउन सक्छन् ।

 

नरिवलको दुधमा भिटामिन ई र भिटामिन सी हुन्छन्, जसले छालाको इलास्टिसिटी बढाउन सहयोग गर्छन् । नरिवलको दुध लगाउँदा सनबर्न यानिकी घामको किरणले डढेको छाला पनि ठिक हुन्छ । त्यसैले तपाईं गर्मी मौसममा नरिवलको दुध अनुहारमा अवश्य लगाउनुहोस् । अनुहारमा चमक ल्याउनका लागि पनि नरिवलको दुध एकदमै प्रभावकारी छ । यसलाई लगाउँदा सुख्खा, मरेको छाला हटेर अनुहारमा नयाँ चमक आउँछ ।