२०८१ पुष २८ , आइतवार

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ ५४ अब नेपाली बजारमा

सुनाखरी न्युज/ काठमाडौँ । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन छन् को साथ बजारमा लिएर आएको छ। कम्पनीको यो नयाँहाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा१०८ मेगापिक्सेलकोमुख्यक्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्द छ।

 

६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुल्े सहज रूपमा हेर्न र स्क्रोल गर्नसक्छन् । ८ जीबी ¥यामक्षमता र २५६ जीबीआन्तरिक मेमोरीको साथउपलब्ध छ । यसमा रहेको १०८ एमपीमुख्यक्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपीम्याक्रो लेन्सक्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभवपाउनेछन्। यो बाहेकपनिमुख्यक्यामेरामाभएको ओआइएस तथा भीडीआइएसले कमप्रकाशमापनिउत्कृष्ट फोटोहरु खिच्न दिन्छ । ग्यालेक्सी एपÞm५४ ले रातको समयमापनिसफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ।यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ।

 

अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ। उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्तानगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ। २५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटकोचार्जमा नै पुरा दिनमोबाइलचल्नेछ । यतिमात्र हैन, ४ जेनेरेसन सम्मओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाउनुहुनेछ । यसमा रहेको “भ्वाइस फोकस“ लेआसपासको आवाजहरुलाई कम गर्छ र भोइस वा भिडियो कलको बेलातपाईँको आवाजलाई स्पष्ट बनाउँछ। यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाजहुने ठाउँहरुमा पनि स्पष्टताका साथकलहरू गर्न दिन्छ।

ग्यालेक्सी एप ५४ २ आकर्षक रङहरूमाउपलब्ध छ – सिल्भर र निलो । यसको ८+२५६ जीबी भेरियन्ट रु.५२,४९९ को मूल्यमा बजारमा उपलब्ध छ। यो मोडल देशभरका सबै शोरुमहरुमाबिक्रीकालागिउपलब्ध गराएको छ ।