सुनाखरी न्युज/ काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय ZHAOJIANGPENG र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका-१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।
ललितपुर महालक्ष्मीनगरपालिका-५ टिकाथलीखरिबोटस्थित गैह्र-कानुनी रुपमा शंकास्पद गतिविधी भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैध रुपमा International IncomingCall/SMS Bypass (VOIP)संचालन गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाटठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरु, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्राहरु सहित बरामद गरेको छ ।
उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।