२०८१ मंसिर ४ , मंगलबार

पोखरा ८ द्वारा उत्पीडित महिलालाई ३ दिने उद्घोषण तालिम

logo-sunakhari

सुनाखरी न्युज/ पोखरा। पोखरा महानगरपालिका वडा नं. ८ वडा समितिबाट महिला उत्पीडित समुदाय सशक्तिकरण तर्फ ३ दिने उद्घोषण तालिम बुधबारबाट शुभारम्भ गरिएको छ ।

 

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले महिलाहरु नेतृत्वमा पुग्न राजनैतिक जिम्मेवारी सम्हाल्न योग्य बन्न बोल्ने कलामा विकास हुनुपर्ने विचार राखे । उक्त अवसरमा वडा नं. ८ का महिला जनप्रतिनिधि तथा कार्यक्रम संयोजक लक्ष्मी वि.क., वडा सदस्य पवित्रा के.सी., वडा सचिव सविता ढुङ्गाना सहित प्रशिक्षक धन बहादुर नेपाली र मधु अधिकारीले उद्घोषण बन्न मनोगत सैद्धान्तिक र प्राविधिक रुपमा दक्ष बन्न आवश्यक पर्ने योग्यताबारे प्रष्ट्याउनुभएको थियो ।

२४ जना महिला सहभागी ३ दिने उद्घोषण तालिमले महिला सशक्तिकरण एवं सविलकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । जेठ २७ गतेसम्म हुने तालिमलाई व्यवहारमा उतार्ने प्रशिक्षार्थीहरुले प्रतिवद्धता जनाएका छन् ।