सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंक लि. र दराज नेपाल बिच दराज नेपालका बिक्रिेताहरु लाई बिनाधितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ ।
बिशेषगरी बैंकिङ्गपहुंच कमभएका, उत्पादनशिल उद्यम संग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरु लाई दराज नेपालसंगको कारोवारको आधारमा रु. ५ लाख सम्मको चालु पुंजीकर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्धनिर्देशक आंचल कुंवरले आदान प्रदान गरेका थिए ।
सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिट लाईजेशलाई प्राथमिकता दिईरहेका र यस कर्जा मार्फत ग्राहकहरुले अनलाईन मार्फत आवेदनदिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई (MSME)कर्जाका ग्राहकहरुको आवश्यक चालुपुंजीपूर्ति गर्ने बैंकले बिश्वास लिएको बताएकाथिए । यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमाप्राप्तहुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले बिश्वास लिएको छ ।
एनएमबिबैंक विगत २७वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधाप्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्थाहो । बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो । एनएमबिबैंकले २०१७, २०१८, २०२० र २०२१ लागीपनिउक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’प्राप्त गरि सकेकको छ । एनएम बिबैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।