सुनाखरी न्युज/ काठमाडौं । मध्य प्रदेशको देवासमा घरपालुवा कुकुर भुक्दा दुई पक्ष आमनेसामने भएका हुन् । विवाद बढ्दै जाँदा गोली हानाहान भएर दुई जनाको मृत्यु भएको उल्लेख भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
गोली लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजेश गोदारा र कैलाश गोदारा रहेका छन् । आइतबार बिहान राजेश गोदारा आफ्नो घरपालुवा कुकुरलाई घुम्न लिएर गएका थिए । उनीहरू घर फर्कँदै गर्दा डेडध परिवारका एक सदस्यलाई कुकुरले भुक्न थालेको थियो । यसपछि दुवै पक्षबीच झडप भएको थियो ।
घटना यतिसम्म पुग्यो कि गोदरा परिवारका तीन जनाको गोली हानी हत्या भयो । राजेशको घटनास्थलमै मृत्यु भएको देवासका एएसपी मनजित सिंहले बताए । कैलाश गोदाराको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ भने तेस्रो घाइतेलाई इन्दोर रिफर गरिएको छ । प्रहरीले दुई जना वरुण र राजेश देडाडलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।