सुनाखरी न्युज / भारत – भारतको मध्येप्रदेशस्थित जबलपुर जिल्लामा छोरीले भागेर प्रेम विवाह गरेपछि एउटा परिवारले उनको पिण्डदान गरिदिएको छ ।
छोरीले भागेर बिहे गरेपछि समाजमा आफ्नो इज्जत गुमेको आमाको भनाइ छ । ती युवतीका भाइले आफूहरूको कन्यादान गर्ने सोच भए पनि भागेर बिहे गरेकोले पिण्डदान गर्नु परेको बताए । उनीहरूले आफन्तलाई जानकारी दिन शोक सन्देश कार्ड पनि छपाएका थिए ।
२२ वर्षीया ती युवतीले २५ वर्षीय मोहम्मद अयाजसँग बिहे गरेकी थिइन । उनीहरूले गत जनवरीमा बिहे गरेका थिए ।