२०८१ आश्विन ८ , मंगलबार

शाहरुख खानको घर नजिकै दीपिका–रणवीरले किने नयाँ घर

सुनाखरी न्युज / भारत –  बलिउडका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण आफ्ना आमाबुवासँग मुम्बईमा आफ्नो नयाँ घरको निर्माण स्थलमा पुगेका छन्र दीपिका–रणवीरले शाहरुख खानको घर मन्नत नजिकै नयाँ घर खरिद गरेका छन् ।

 

दीपिका कालो लुकमा देखिएकी छिन । उनले कालो टिसर्टसँगै कालो प्यान्ट लगाएकी छिन। जहाँ रणवीर छोटो कपालमा अनुहारमा मास्क लगाएका थिए । उनले कालो टी–सर्टको साथ एनिमल प्रिन्ट हाफ प्यान्ट लगाएका थिए। कमेन्ट गर्दै एक फ्यानले लेखेका छन्–‘मलाई रणवीरलाई लामो कपालमा हेर्ने बानी परेको छ मैले उनलाई चिन्न सकिन ।

 

दम्पतीले मुम्बईको ब्यान्डस्ट्यान्डमा रहेको सागर रेशम भवनको १६, १७, १८ र १९ तल्लामा अपार्टमेन्ट किनेका छन । यसको लागत लगभग ११९ करोड छ।  रणवीर र दीपिका करिब तीन वर्षदेखि मुम्बईको जुहु र बान्द्रामा परफेक्ट घर खोजिरहेका थिए ।