गोपी ढकाल – आज मंगलबार :– श्रीगणेश संगै किन गरिन्छ रिद्धी र सिद्धीकाे पूजा ? अन्लागिरी नामक संन्यासी साधक देखि अन्लासुर राक्षस बध सम्मकाे आजकाे कथा … यसै बाट ।
श्रीगणेशका दुई अर्धाङ्गिनी देवी मध्ये रिद्धी बाट सांसारिक सुख मिल्नेछ भने सिद्धि बाट आध्यात्मिक सफलता प्राप्त हुन्छ भन्दै शास्त्रमा लेखिएकाे छ ।
यहाँनेर नीरिश्वरवादी ( नास्तिक ) हरूले प्रश्न गर्लान …….. रिद्धी र सिद्धि सहितका श्रीगणेश लाई कसैले देखेकाे छ ? तिनले देख्न सक्दैनन किन्तु आध्यात्मिक धर्मावलम्बी हरूले देखेका हुन्छन । किनकि जसकाे आकार हुन्छ त्याे मान्छे हाे तर जसकाे कुनै आकार हुदैन , निर्मल र निराकार छन भने तिनलाई मात्र भगवान भनिन्छ । श्रीगणेश लाई किन चढाइन्छ २१ मुन्टाे दूवाे ? अन्लागिरी नामक एक संन्यासी साधकले तल टाउकाे र माथि खुट्टा (उर्द्धाशन ) मा रहेर महादेवकाे कठाेर तपस्या गरे । त्यसरी गरेकाे तपस्या बाट प्रसन्न भएपछि महादेवले वरदान माग भन्नुभयाे । त्यस्ताे सुनेर अन्लागिरी भन्छ – हे महादेव ! मलाई मान्छेले पनि र जनावरले पनि , कसैकाे अस्त्रले र शस्त्रले पनि , देवताले पनि र दानवले पनि कसैले मार्न नसक्ने वरदान दिनाेस ।
महादेव भन्नुहुन्छ हे – संन्यासी ! अमरताकाे वरदान दिन सक्दिन , त्यसैले मृत्युलाई कुनै आधार बनाएर वरदान माग । संन्यासी भन्छ — हे भगवान ! त्यसाे भए मान्छे पनि हाेइन र जनावर पनि हाेइन …. त्यस्ताे प्राणीले सर्लक्कै निलेर उसकाे पेटमा पुर्यायो भने मात्र मेराे मरण हाेस भन्दै वरदान मागेपछि महादेव बाट तथास्तु भनियाे । त्यसरी कसैले मार्न नसक्ने वरदान पाउदाकाे दम्भ र अहंकारमा त्याे संन्यासीले अन्लासुर राक्षस बनि त्रिलाेकमा उत्पात मच्चाउन थालेपछि इन्द्रादी देवता हरू त्राहीमाम हुँदै कैलाश पुगेर महादेवकाे प्रार्थना गर्न थाले । महादेव भन्नुहुन्छ — हे देवताहरू हाे ! उसलाई श्रीगणेश बाहेक अरू कसैले पनि मार्न सक्दैन । किनकि श्रीगणेश मान्छे भनाैं भने टाउकाे जनावरको छ र जनावर भनाैं भने उनकाे शरीर मान्छेकाे छ । पेट पनि उनकाे सिङ्गै पर्वत अटाउने भएकाले उनले मात्र त्याे अन्लासुर राक्षसकाे बध गर्न सक्छन ।
त्यसरी महादेवकाे वचन अनुसार गणेशकाे शरणमा पुगेका देवता हरूकाे विन्ति सुनेर श्रीगणेशले पनि त्याे राक्षसलाई सर्लक्कै निलेर पेटमा पुर्याउनु भयाे । किन्तु त्याे राक्षस पेटमा पुगेपछि गणेशलाई यति धेरै ज्वलन भयाे कि .. कतै जादा पनि उनलाई शान्ति मिलेन ।
श्रीगणेशकाे त्यस्ताे अवस्था देखेर कश्यप ऋषिले हतारमा २१ मुन्टाे दूवाे घाेटेर त्यसकाे रस सेवन गराए पछि मात्र गलेर त्याे राक्षस निर्गमशील तत्व ( मल ) बनि श्रीगणेश लाई शान्ति मिलेकाे थियाे । अत: त्यसै दिन देखि जसले २१ मुन्टाे दूवाे चढाउछ …… त्यस्ता भक्तजन प्रति श्रीगणेश अत्यन्तै प्रसन्न हुने परम्पराकाे थालनी भएकाे हाे । अन्तमा बुझ्नेले बुझ्नुहाेला – नबुझ्नेले प्रतिक्रिया लेख्नु हाेला ।