सुनाखरी न्युज / काठमाडौं – बालबिबाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।दुवै पक्षको परिवारको राजीखुसीमा बिवाह गर्न लागेको भएपनि बाल बिवाह दण्डनीय रहेको भन्दै दुवैजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाईएको जिल्लाको अध्यक्षले जानकारी दिए ।
धनकुटा नगरपालिकास्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ ।
गत वैशाख १ गते नरेश र सफताले भागेर बिबाह गरेको बेहुलीका बुबा आशिकले जानकारी दिनुभयो ।धनकुटा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षकले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।।जिल्ला प्रहरी कार्यालयमा छलफल पछि बालिका १८ बर्ष पुरा नभएसम्म आफ्नो परिवारकै साथमा बस्नु पर्ने सर्तमा दुवै पक्षबीच मिलापत्र गरेर छोडिएको छ ।