२०८१ आश्विन ८ , मंगलबार

केजीएफ स्टार यशले गरे रावण बन्न अस्वीकार

सुनाखरी न्युज  / काठमाडौं –  नितेश तिवारीको निर्देशनमा बन्ने फिल्म रामायण’ बन्ने फिल्मवृतमा चर्चा चलिरहँदा रणवीर कपूर र आलिया भट्ट राम सीता तथा ‘केजीएफ’ अभिनेता यश रावणको भूमिकामा देखिने बताइएको थियो।यसैबीच रावणको भूमिकामा दक्षिण भारतीय अभिनेता यश देखिने चर्चा चलेको थियो।

 

निर्माण टिमले यशलाई रावण बन्ने प्रस्ताव राखेका थिए। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार उनले रावण बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। यशलाई फिल्मको स्क्रिप्ट मन परेको थियो। तर नकारात्मक भूमिका हुँदा उनले फिल्म अस्वीकार गरेका छन्। यतिबेला नकरात्मक भूमिकामा देखिँदा फ्यान निराश हुन सक्ने बताउँदै उनले फिल्म अस्वीकार गरेका हुन्।यसअघि फिल्ममा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई अफर गरिएको थियो। तर ‘वार २’को सुटिङमा रहेका ऋतिकले डेटको कारणले फिल्म अस्वीकार गरेका थिए।

 

यश अहिले आफ्नो आगामी फिल्म ‘यश १९’मा काम गरिरहेका छन्। जसका कारण उनी आफ्नो फिल्ममा असर पर्ने खालको भूमिका गर्न चाहँदैनन्।यश आफ्नो आगामी फिल्म यश १९ मा व्यस्त छन्।