२०८१ आश्विन ८ , मंगलबार

चर्चित कोरियोग्राफर प्रभुदेवा ५० वर्षको उमेरमा बने बाबु

सुनाखरी न्युज/ काठमाडौं । बलिउडका चर्चित डान्स कोरियोग्राफर तथा निर्देशक प्रभु देवा फेरि पिता बनेका छन् । प्रभुले आफ्नी श्रीमती डा हिमानीसँगै छोरीलाई स्वागत गरेका हुन् ।

 

टाइम्स अफ इन्डियासँग कुरा गर्दै प्रभु आफैले यो खबरको पुष्टि गरेका हुन् । उनले भने, ‘म यो उमेर (५०) मा फेरि बुबा बनेको छु। म धेरै खुसी छु र पूर्ण महसुस गरिरहेको छु ।’ प्रभुले आफ्नी छोरी र परिवारसँग बढी समय बिताउन आफ्नो कामको बोझ कम गरेको पनि खुलासा गरे। उनले धेरै हिन्दी, तमिल र तेलुगु फिल्महरू निर्देशन गरेका छन्। सलमान खान अभिनित ‘राधे’ उनको अन्तिम निर्देशन थियो।

 

पहिलो श्रीमती रामलतासँग सम्बन्धविच्छेद भएको ९ वर्षपछि प्रभुले २०२० मा डा हिमानीसँग दोस्रो विवाह गरेका थिए । प्रभुको पहिलो विवाहबाट ३ सन्तान थिए, जसमध्ये एकको क्यान्सरका कारण मृत्यु भएको थियो । बाँकी दुई सन्तान आमासँगै बस्छन् ।एजेन्सी