२०८१ आश्विन ८ , मंगलबार

‘तिम्रा नेता बिग्रिए जाग जनता ‘ भन्दै पशुपति शर्माले ल्याए नयाँ गीत

सुनाखरी न्युज / काठमाडौं – चर्चित गायक पशुपति शर्माले नेता बिग्रिएको भन्दै जनता जाग्नुपर्ने सन्देशसहित नयाँ गीत ल्याएका छन् ।

 

‘तिम्रा नेता बिग्रिए, जाग जनता’ बोलको गीतको भिडिओ शर्माले आज मंगलबार मात्रै आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन ।

 

आफ्नो शब्द रचना र स्वर रहेको गीतले दलहरुमाथि व्यंग्य कसेका छन् । उनले स्थानीय तहमा पनि राम्रो नेता चाहिएको सन्देश प्रवाह गरेका छन ।