२०८१ माघ १ , मंगलबार

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरु सँग सम्झौता गरेको छ ।सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।

 

बैंकका ग्राहकहरुले आदर्सनगर, विरगन्ज अवस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५प्रतिशत छुट पाउने छन।यसैगरी कन्चनरmप,सप्तरीमाअवस्थितएम डी हेल्थकेयर हस्पिटलका सेवाहरुमाअधिकतम १० प्रतिशत सम्म छुट पाउने छन ।यसैगरी बोदेबर्साइन, सप्तरीमाअवस्थितबोदेबर्साइनलाइफकेयरपोलीक्लिनिकका सेवाहरुमाअधिकतम १७प्रतिशत सम्म छुट पाउनेछनभने कावाशोती,नवलपुरअवस्थितकालिगन्डकी नारायणी सामुदायिकहस्पिटलका सेवाहरुमाअधिकतम १५प्रतिशत सम्म छुट पाउने छन ।

 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहनगर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धीविस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।