सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ ।
बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिक्स म्यानेजमेन्ट विभाग, इन्फरमेशन सेक्यूरिटी र रिसर्च एण्ड डेभलपमेन्टमा केही अफिसर माग गरेको हो । सम्बन्धित क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिने बैंकले जनाएको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले असार १३ गतेभित्र बैंकको वेबसाइटमार्फतट आवेदन दिनुपर्ने छ ।