२०८१ पुष ९ , मंगलबार

नेपालमा कफी सम्मेलन हुँदै

सुनाखरी न्युज /  काठमाडौं –  नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । सम्मेलन २ / ५ असारसम्म काठमाडौं नयाँ बजारमा हुनेछ ।

 

सम्मेलनमा कफी क्षेत्रमा प्रयोग हुने मेसिनरी सामानहरू, रोस्टिङ प्रविधि र प्याकेजिङ्ग समानहरू, उत्पादकहरू, उपकरण निर्माताहरू, निर्यातकर्ताहरू र अन्य कफी उद्यम–उद्योगसँग सम्बन्धित व्यवसायीहरूले आ–आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् भने आगन्तुकले अवलोकन गर्न सक्नेछन् । उक्त सम्मेलन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको हो ।

 

सम्मेलनले कफी उत्पादकहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरूसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ । नेपालमा ४२ जिल्लामा कफी खेतीको सम्भावना देखिए पनि त्यसको आधाआधि जिल्लामामात्र व्यावसायिक खेती हुने गरेको छ।