२०८१ कार्तिक १६ , शुक्रवार

जापानको तालिम शिविरमा गोली हानाहानको घटनामा दुई सैनिकको मृत्यु

सुनाखरी न्युज  / काठमाडौं –  जापानको सेनाको तालिम शिविरमा गोली चलेको घटना सार्वजनिक भएको छ ।

जहाँ, एक १८ वर्षीय प्रशिक्षार्थी सिपाहीले जापानी सेनाको फायरिङ रेन्जमा तीन जना साथी सैनिकलाई गोली हानेका छन ।

 

गोली हानाहानको यस घटनामा दुई सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएको बताइएको छ जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

 

आरोपित प्रशिक्षार्थी सिपाही पक्राउ परेका छन । एजेन्सी