२०८१ मंसिर ९ , आइतवार

सेवा आयोगका अध्यक्ष महेश दहालमाथि गरिएको दुर्व्यवहार निन्दनीय : पूर्वाञ्चल विश्वविद्यालय

सुनाखरी न्युज/ काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगका अध्यक्ष महेश दहालमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ।

 

पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश राज दाहालको आवासगृहमा केही उच्छृङ्खल व्यक्तिहरुबाट अध्यक्ष माथी भएको अभद्र व्यवाहारको घोर भत्सर्ना गर्दै दोषी माथि कडा भन्दा कडा कारबाही गर्नका माग गरेको छ ।

 

साथै, सेवा आयोगको विवादको विषय विद्यार्थीहरुसँग खासै सरोकार राख्ने नहुँदाहुँदै पनि परीक्षा रोकिने गरी परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गर्नाले हजारौं विद्यार्थीहरूलाई परेको असर प्रति गम्भीर भइ तत्काल परीक्षा सूचारु गर्ने वातावरण बनाउन सरोकारवाला सबैमा पूर्वाञ्चल विश्वविद्यालय अपिल गरेको छ ।

 

पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजहरू काे छातासङ्गठन संगठन(PUCAN) ले एक विज्ञप्पती जारि गर्दै दोषी माथि अविलम्ब कारबाहीकाे माग गरेको छ।