सुनाखरी न्युज / काठमाडौं – अदुवा अहिले खुद्रा बजारमा प्रतिकिलो चारसय रुपियाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, होलसेलमा पनि प्रतिकिलो दुई सय ५० रुपियाँमा खरिदबिक्री हुन थालेको हो । एक हप्ता यता अदुवा उच्च मूल्यमा खरिदबिक्री हुन थालेको हो ।
यो सिजनमा अदुवाको माउ निस्किने सिजन हो । रोपिएको अदुवालाई उम्रिएपछि बीउ खनेर बिक्री गर्ने गरिन्छ ।
यो सिजनमा मूल्य उच्च भएकाले अदुवा गोदाममाभन्दा पनि खुद्रा बिक्रीका लागि बजार पुग्नेगरेको स्थानीय व्यापारीहरू बताउँछन् । जिल्लामा दुई सय ४६ हेक्टर क्षेत्रफलबाट चार हजार पाँच सय २१ मेट्रिक टन उत्पादन हुँदैआएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।