२०८१ मंसिर १० , सोमवार

नवलपुरमा मिराया वेलनेस एण्ड गल्फ रिसोटर्स सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट आम अतिथीहरुका लागि सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूकालागिझनै आकर्षक गन्तब्यबन्ने विश्वास गरिएको छ ।

 

अध्यात्म, शान्ती र आनन्ददायीवातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावितहुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्क भित्र सून्दर गल्फ मैदानसँगै सञ्चालनमाआएको यसमिरायाकाअतिथीहरूले गल्फकोविशेषमज्जालिनपाउनेछन् । साथै, शाश्वतधामकादर्शनार्थीहरूकालागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावितहुनेछ ।

‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुतगर्न पाउँदा म हर्षित छु ।चौधरी ग्रुपकाप्रवन्धनिर्देशकएवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुखकार्यकारी अधिकृत (सिइओ) राहुलचौधरीले भन्नुभयो, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ ।यहाँहाम्रापाहुनाहरुले फरक अनुभुतिगर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’ यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिकशान्ति सहित साहसिककार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमालिइएको छ । मनमोहक देवचुलीपर्वतको फेदमाअवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुका लागि पनि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको छ ।

मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधिहरू र अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन् । रिसोर्टमास्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथैवाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधाहरु प्नि रिसोर्टमा छन् । यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचिभएकामानिसहरुकालागिपनिमिरायाउत्कृष्ट गन्तब्यबन्नेछ । मिरायागल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमाप्रख्यात छ । आरामदायी रुपमा बस्न मन पराउँने अतिथीवाउनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुकालागि रिसोर्टमाअनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित छन्।्। रमणीय जङ्गल र प्रकृतिले घेरिएको यस रिसोर्टले आफ्नो बलियो पर्यावरण–मैत्री दृष्टिमा गर्व गर्दछ ।

 

रिसोर्टले विभिन्नप्रकारका डाइनिङविकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्पयहाँउपलब्ध छन् । काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुलीपर्वतको अविरल दृश्यपानगर्न सकिन्छ । योभगवानबुद्धको जन्मस्थललुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाटनजिकको दूरीमा छ ।

मिरायामा धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवाअन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामाअवतरण गर्न सकिन्छ । रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहितविभिन्नकार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ । आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायालेशाश्वत धामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु पनी उपलब्ध गराउदछ ।

सीजी हस्पिटालिटीका बारेमा
सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजीकर्प ग्लोबलको मातहतमातिब्र गतिमाविस्तार भइरहेको एक प्रतिष्ठितआतिथ्य सत्कार कम्पनी हो । हस्पिटालिटी उद्योगमादुई दशकलामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाता भित्रताज सफारी, भीभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, ¥याडिसन, द फर्न, समिट र द फार्म जस्ता प्रमुखआतिथ्य ब्रान्डहरू रहेका छन्। । हाल नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्याण्ड, चीन, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, माल्दिभ्स केन्या लगायत विभिन्न १२ देशमा सीजी हस्पिटालिटी अन्तर्गत संचालित १५९ ओटा होटलहरु रहेका छन् जहाँ ८८६३ कोठाहरु रहेका छन् ।