सुनाखरी न्युज/ काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आर्थिक सहयोग गरेको छ ।
बुढानिलकण्ठस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका अध्यक्ष प्रा.डा.भववान कोइरालालाई रु.पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् । हस्तावन्तरण कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले पवित्र कार्यको लागि बैंकले सानो सहयोग गर्न पाएकोमा बैंक परिवार गौरवान्वित भएको विचार व्यक्त गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. कोइरालाले बच्चाहरुले स्वास्थ्य उपचार पाउन नसकिरहेको अवस्थामा उनीहरुको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यका साथ किओचको स्थापना भएको बताए । सन् २०१७ मा स्थापना भएको यस संस्थाले विभिन्न दातृ निकायहरुको सहयोगमा बाल अस्पताल निर्माण कार्यको थालनी गरिसकेको बताउँदै अध्यक्ष डा. कोइरालाले कृषि विकास बैंकले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।