सुनाखरी न्युज / काठमाडौं – रक्तदान जीवनदान भनिन्छ। तर कस्ता व्यक्तिले हुन्छ, कसले गर्नुहुँदैन वा कस्तो वेलामा रक्तदान गर्नुहुन्छ, कुन वेला हुँदैन भन्ने पनि बुझ्न आवश्यक छ । १८ देखि ६० वर्षसम्मका मानिसलाई रक्तदान उमेर समूहमा राखिएको छ।
-रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुन आवश्यक छ।
-रक्तदान गर्ने व्यक्तिमा जन्डिस, मलेरिया, मधुमेह, क्षयरोग, एड्सजस्ता रोग लागेको हुनुहुँदैन। साथै यौनरोग लागेकाले पनि अरूलाई रगत दिनुहुँदैन।
-अरूलाई रगत दिने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन।
-कुनै पनि प्रकारको क्यान्सर छ वा क्यान्सरको उपचार भइरहेको अवस्थामा ।
– कुनै पनि प्रकारको संक्रमणको कारण एन्टिबायोटिक्स लिइरहेका अवस्थामा ।
– चिसो, फ्लु, घाँटी दुखाइ, पेट सङ्क्रमण भएका व्यक्तिहरूले ।
-१८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ ।
-मदिरा पिएको २४ घण्टाभित्र रगत दिनुहुँदैन। लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि अरूलाई रगत दिनुहुँदैन।
-गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको वेलामा पनि रक्तदान गर्नुहुँदैन।
-यदि तपाइले भर्खर नै ट्याटु हान्नु भएको छ भने रक्तदान गर्न केही समय कुर्नुपर्छ । यसको मुख्य कारण हेपाटाइटिस भाइरसलाई सर्न नदिनु हो। ट्याटु खोपेको ४ महिनापछि मात्र रक्तदान गर्न सिफारिस गरिन्छ ।
रक्तदान गर्नुभन्दा तीन घण्टाअघि पोषिलो खाना सेवन गर्नुपर्छ । रक्तदानपछि जुस पिउनु उत्तम हुन्छ। रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ।