२०८१ पुष २५ , बिहिवार

सैलुनमा कपाल काट्न जाँदा लाखौको बिल आएपछि, लोन लिएर युवकले तिरे पैसा

सुनाखरी न्युज / काठमाडौं ।

एक जना युवक आफ्नो कपाल कटाउनका लागि सैलुनमा गए ।  ली नामका ती युवक एउटा रेष्टुरेन्टमा काम गर्दथे । ली का अनुसार सैलूनमा गएपछि उनलाई सुरुमा कुर्सीमा बसाइयो । कपाल कटाइको नाममा मसाज, फेसियल तथा थरीथरीका प्रडक्ट कपालमा लगाइदिए ।

 

कपाल काट्दा चश्मा हटाइएकाले उनले दररेट देख्न पाएनन् । आफूले बारम्बार मूल्यसूची माग्दा पनि नदिइएको उनको गुनासो छ ।उनलाई एक लाख ८५ हजार रुपैयाँ बराबरको रकमको बिल थमाइयो । बिल देखेर ती युवकको होस उड्यो । सैलुन पनि के कम उसले ऋण खोजेरै भए पनि आफ्नो बिल चुक्ता गर्न ती युवकमाथि दबाब दियो । अन्ततः युवकले लोन लिएर नै आफ्नो कपाल काटेको एक लाख ८५ हजार रुपैयाँ तिरे ।

 

छुटको लोभ लेखाएर करिब दुई लाख बिल पुर्‍याइयो । तर जब तिर्ने बेलामा पैसा छैनभन्दा सैलुनका कामदारहरुले घेरेर धम्की दिन थाले । त्यसपछि उनको मोबाइल खोसेर त्यसको एपबाट लोन लिएर बिलको पैसा लिएरै छाडे ।