२०८१ पुष २८ , आइतवार

माछापुच्छ्रे –१ शारदा मा.वि मा निशुल्क दंन्त परिक्षण

सुनाखरी न्युज/  हेमजा । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा विहिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधि सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिनुभयो ।

पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गर्नुभएको थियो । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

रेडियो हेमजाका स्टेशन म्यानेजर एंव लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीले आयोजक, प्रविधिक समुह ,विद्यालय परिवार लगाएत सहभागि विद्यार्थीहरुलाई बिषेश धन्यवाद दिदै शैक्षिक निरन्तरता साथ नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यमा लाग्नु पर्ने जोड दिनुभयो ।

क्लबका अध्यक्ष मनिष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लियो प्लेज लिं सिद्धर्थ सापकोटाले ,ध्वजाको अभिबादन लि.स्वस्थिका बरालले साथै सहजिकरण क्लबका प्रथम उपाध्यक्ष लिं अनिष दाहालले गर्नुभएको थियो ।