सुनाखरी न्युज/ पोखरा। पोखरा महानगरपालिका वडा नं. ७ ले वडाका दलित महिलालाई लक्षित गरि आयोजना गरेको ३ दिने उद्घोषण तथा माइनुट लेखन तालिम सम्पन्न भएको छ ।
समापन समारोहमा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्रका सबै क्षेत्रमा आवश्यक्ता अनुसारको योजना र सामाजिक सशक्तिकरणका कार्यक्रम निरन्तर संचालन गर्ने बताउनु भयो । जनप्रतिनिधिलाई झक्झकाउने काम वडावासीको रहेको बताउदै , वडावासीको सक्रियताले मात्र वडाको समग्र विकास हुने बताउनु भयो । तालिममा सहभागीहरुको उत्साहलाई देखेर आगामी दिनमा अझ प्रभावकारी र स्वरोजगारमुखी सिपमुलक कार्यक्रम संचालन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । महिला सदस्य बसुन्धरा लामिछाने र वडा सदस्य अजुन थापाले प्रशिक्षार्थीलाई तालिममा सक्रिय सहभागी भएर बोल्नेकलाको विकास गरेकोमा बधाई सहित सामाजिक कार्यमा अगाडि वढ्न आग्रह गर्नुभयो । प्रशिक्षक रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारीले तालिम छोटो समयको भएता पनि महिला दिदि बहिनीको सक्रियताले प्रभावकारी भएको बताउनुभयो । सिकेका कुरालाई व्यवाहारमा उतार्न उहाँले सहभागी सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमा सहभागीको तर्फबाट सविना परियार, सम्झना परियार र भावना परियारले आफ्नो अनुभव सुनाउदै तालिम निकै प्रभावकारी भएको बताए । पोखरा ७ को घारीपाटन क्षेत्र अन्य क्षेत्रको तुलनामा अलि पछि परेको बताउदै महिलाहरुलाई आय आर्जनमा जोड्ने सिपमुलक तालिम पनि राख्न उनीहरुले आग्रह गरे । वडा नं. ७ का महिला जनप्रतिनिधि तथा कार्यक्रम संयोजक सुनिता सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पोखरा ७ का वडा सचिव राजेन्द्र पौडेलले गर्नुभयो । तालिममा ४५ जनाको सक्रिय सहभागीता थियो ।