२०८१ माघ ३ , बिहिवार

राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँट, एउटै संस्थाको खातामा ४२ लाख ७ हजार

सुनाखरी न्युज/ ललितपुर ।राष्ट्रिय सहकारी बैंकले संरक्षितपुँजीफिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ ।

बिहिबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँटकार्य गरेसंगै एउटै सदस्यले ४२ लाखभन्दा बढी रकमप्राप्त गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ÷संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामातिरेको ब्याजकालागि ६० प्रतिशतभारको आधारमा कुल१८ करोड ५५ लाख१२ हजार ६ रुपैयाँ१५ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ ।

 

संरक्षितपूँजीफिर्ता कोषबाट प्राप्तहुने रकमसम्बन्धित सदस्य सहकारी संघ÷संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले बताउनु भयो ।उहाँकाअनुसार बचत र कर्जा कारोबार गर्ने १५,४७४ सहकारी संघ÷संस्थाहरु को संरक्षितपूँजीफिर्ता कोषबाट लाभान्वितभएका छन् । बचत र कर्जामाउच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकमफिर्ता पाउने सदस्यले बचत तर्फ ४२ लाख ७ हजार ७ सय २७रुपैयाँ तथा कर्जा तर्फ११लाख४८हजार ४ सय ९८ रपैयाँसम्म प्राप्त गर्न सफलभएको प्रमुख कार्यकारी अधिकृत गुरागार्इंले बताउनु भयो । “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक”भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षितपूँजीफिर्ता कोषबाट ५० हजार भन्दाबढी रकमप्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ७३३रहेका छन् ।हालबैंकमा१६हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

 

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई आर्थिक वर्ष २०७८÷०७९ को लागि बैंकको १९औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशतलाभांशवापतको रकमसाधारण सभा सम्पन्न गरेको दिनगतपुस १८गते वितरण गरेकोथियो । सहकारी ऐन, २०७४ तथानियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीयनिकायहरु मध्ये निरन्तर संरक्षितपूँजीफिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँट गर्ने बैंक पहिलो हो ।

 

बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षितपूँजीफिर्ता कोष बाट रकमपाउने सम्पूर्ण सहकारी संघ÷संस्थाहरुलाई हार्दिक बधाई व्यक्तगर्दै आगामीदिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा उच्च कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभलिन अनुरोध समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।