२०८१ मंसिर ११ , मंगलबार

अनुहारको चाया पोतो यसरी हटाउन सकिन्छ

सुनाखरी न्युज  / काठमाडौं –  शरीरमा आउने पोतोलाई हामी एक किसिमको छाला रोगको रूपमा लिन्छौं। पुरुषको दाँजोमा महिलामा चाया–पोतोको समस्या धेरै देखिने गरेको छ । अनुहारमा चायापोतो आउनुका विशेष गरि तीन चार कारण छन्। सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो। अर्को कारणमा गर्भावस्थामा पनि चायापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ। अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ। हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ। १० प्रतिशतलाई कुनै कारण नभइ यस्तो हुन्छ। चाया, पोतो धेरै मुखमै आउँछ। प्राय गरेर गालाको माथिल्लो भागमा, नाकमा, निधारमा अनि चिउडोमा आउँछ।

 

पोतोको रंग हेरेर यसको उपचार हुन्छ। यसको प्राथमिक उपचार भनेको घामबाट बच्नु हो। चिल्लो छाला छ भने जेल, लोसन र सुख्खा छाला छ भने क्रिमहरु लगाउन सकिन्छ। त्यसका लागि परामर्श लिनुपर्छ।भिटामीन सि, भिटामीन ए खान सकिन्छ। गाजर, पाकेको फर्सी, अमला र अमिलो खानाहरु खान सकिन्छ। जसले छालालाई घामबाट बिगार्न जोगाउँछ। अरू मलम पनि पाइन्छ। कतिपय खाने औषधिनै हुन्छ। यति मात्रै नभएर विभिन्न सर्जिकल उपचार पनि चलेको छ। कतिपय खर्चिलो उपचार पनि हुन्छ।

 

अहिले लेजर पद्धतिमार्फत पनि चाया–पातोको उपचार गर्न सकिन्छ । तर, जुनसुकै पद्धतिमार्फत उपचार गरे पनि त्यसलाई निरन्तरता दिन जरुरी छ । उपचारलाई नियमित गरियो भने फेरि दुःख दिने जोखिम रहँदैन । बजारमा चाया–पोतो हटाउने प्राकृतिक औषधि पनि पाइन्छन् ।

 

आफ्नो चाया पोतोलाई आफैं उपचार नगरौं। यसको लागि स्कीनको डाक्टरसँगै परामर्श लिनुपर्छ। उहाँहरूसँग परामर्श लिएर मात्रै उपचार गरौं। औषधि ठीक मात्रामा भएन भने त्यसले दिर्घकालिन समस्या निम्त्याउँछ।