२०८१ पुष २८ , आइतवार

केराटिन हेयर ट्रिटमेन्टका फाइदा

सुनाखरी न्युज / काठमाडौं –  कपाल सुन्दर, स्वस्थ र स्टाइलिस बनाउने सबैको इच्छा हुन्छ । त्यसैले पछिल्लो समय केराटिन हेयर ट्रिटमेन्ट लोकप्रिय बन्दै गएको छ । कपाल सुक्खा हुने, झर्ने, टुक्रिने समस्याबाट मुक्ति पाउन अधिकांशले यस्तो हेयर ट्रिटमेन्ट गर्छन् । बाहिरी प्रदूषण, धुवाँ, धुलो आदिका कारण कपालमा समस्या देखिने गरेको छ ।केराटिन विधिले कपाललाई नेचुरल स्ट्रेट बनाउन सकिने भएकाले अधिकांशको रोजाइमा पर्ने गरेको छ । यसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिनको प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ । फार्मल्डिहाइडको उपयोगले कपाल लामो समयसम्म सीधा र नरम हुन्छ । केराटिनले कपाललाई बलियो बनाउनुका साथै अन्य समस्याबाट मुक्त बनाउँछ ।

कसरी गर्ने ?

सुरुमा स्याम्पु प्रयोग गरेर कपाललाई सफा गर्नुपर्छ । त्यसपछि कपाललाई सुकाउने र कपाल मुलायम बनाउने क्रिम प्रयोग गरेर झन्डै ३० देखि ४० मिनेटसम्म छाडिदिने । कपाललाई सफा पानीले पखालेर कम तापक्रममा स्ट्रेट गर्ने, त्यसपछि राखेर बिस्तारै आइरन गरिन्छ । सफा पानीले कपाल पखालेर अन्तिममा हेयर स्क्रब लगाउने । त्यसको दुई–तीन दिनपछि फेरि ट्रिटमेन्ट गर्नुपर्छ । जसले गर्दा कपाल लामो समयसम्म सुक्खा हुन पाउँदैन । यो ट्रिटमेन्ट तीनदेखि चार महिनासम्म टिक्ने गर्छ ।

फाइदा

सामान्यतया शरीरमा नङ, छाला र रौँ निर्माणका लागि केराटिन नामक प्रोटिन आवश्यक हुन्छ । कपालमा विभिन्न रसायनको प्रयोग गर्दा यो नष्ट हुँदै जान्छ र कपालमा समस्या देखिन्छ । त्यसपछि विभिन्न ब्रान्डेड क्रिम प्रयोग गरेर कपाललाई सीधा, बाक्लो र बलियो बनाइन्छ । यो विधिले कपाललाई नेचुरल स्ट्रेट बनाउन सकिने भएकाले अधिकांशको रोजाइमा पर्ने गरेको छ । यसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिनको प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ ।