२०८१ मंसिर ५ , बुधवार

परोपकारको नयाँ स्वरूप : सिलवालले गरे मृत्युपश्चात काजकृयामा प्रयोग गर्ने सामान सहयोग

रामचन्द्र अगस्ती/ नुवाकोट । परोपकारको नयाँ स्वरूप सहित : मृत्युपश्चात काजकृयामा प्रयोग हुने सामान ७६ वर्षिया ईश्वर दास सिलवालले राधाकृष्ण मन्दिर संरक्षण समितीका अध्यक्ष एक बहादुर खत्री क्षेत्रीलाई प्रदान गर्नु भएको छ ।

 

लिखु गाउँपालिका वडा नं ४ स्थीत बाहुन चौतारामा रहेको राधा कृष्ण मन्दिरको प्राङगणमा नुवाकोट, जिल्ला मदानपुर गाविस हाल काठमाण्डौ बसोबास गर्दै आउनु भएको ७६ वर्षिया ईश्वर दास सिलवालले राधाकृष्ण मन्दिर संरक्षण समितीका अध्यक्ष एक बहादुर खत्री क्षेत्रीलाई एक कार्यक्रम गरी हस्तान्तरण गर्नु भयो । कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी धुर्व श्रेष्ठले सिलवाल लाई बधाई दिनुभयो। साथै आवश्यक परे लिखु गाउँपालिकाले पनि सहयोग गर्ने श्रेष्ठले बताउनु भयो । कार्यक्रममा स्थानिय समाजसेवी रमेश खानेल राम प्र खतिवडा, दिपक थापा, सावित्री पन्थ, विशेष अतिथि हेम प्रसाद थपलीयाले उहालाई धन्यवाद मन्तव्य दिनुभयो । साथै उहाले भानुभक्त र घासे को कुराको संज्ञा सिलवालले उदाहरण मा व्यक्त गनुभयो ।

कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो। उहाँले यस समितिलाई किरिया पुत्री लाई चाहिने, झारी २ थान, शङख-२ थान ग्यास चुलो सेट-२ थान, राडी २ थान मण्डी-२ थान, सेतो कपडा-३२ मिटर कसौडी -२ थान पानी तताउने -२ थान, कराई २ थान डाडु-२ थान पन्यु २ थान गिलास – २ थान म्याट २ थान आदी सामान समितिका अध्यक्ष एक बहादुर खत्री लाई दिदै कोही मानिशको आर्ठीक समस्यमा काज कृया रोकियमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

यसरी नै सिलवालले आफ्नो बृदभात्तजोगाएर र आफ्ना सन्तानले दिएको केहि रकम जोगाएर यस्तै विभिन्न ठाउँमा सहयोग गर्दै आईरहनु भएको छ । उहाँले यस भन्दा पहिला पनि, गुरुकुल हरुमा, विभिन्न विद्यालयहरुमा पोशाक तथा कपी कलम, खाद्यान्न वितरण गरिरहनु भएको छ । यो उहाँको एक सामाजिक उदाहरणीय काम हो ।