सुनाखरी न्युज / काठमाडौं – आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो ।
नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एउटा मात्र खेल खेलेको छ ।
लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।