सुनाखरी न्युज/ काठमाडौं । आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।
काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्। ‘एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन, आधा भन्दा बढी बिचौलियाले खाइदिन्छ। यसरी बेच्नुभन्दा नबेच्नु ठिक लागेर किसानहरूले फालेका हुन्।
कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा पर्ने बताए। उनले उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेँडा फाल्ने चेतावनी दिए।