सुनाखरी न्युज/ पोखरा । पर्वतले साहसिक पर्यटकलाई आतिथ्यता दिन थालेको धेरै भएको छैन् । पर्वतलाई २०४८ साल तिर पर्वत सडक सञ्जालले जोडेपछि नै कालगण्डकीमा सेता छाला भएकाहरु पुग्न थालेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिव शर्मा पौडेल सम्झन्छन् । ‘२०४८ मा पर्वत सडक सञ्जालले जोडिएपछि २०५०÷५१ तिरबाट कालीगण्डकीमा ¥याफ्टिङ चल्न सुरु भएको हो,’ उनले भने । गाडीका छतमा ¥याफ्ट लिएर काली पुग्नेहरुले नै साहसिक पर्यटनको संभावना उजागर गरेको उनले बताए ।
२०६३ सालमा पर्वत कै ज्ञादी र कुश्मा जोड्ने गरी पुल बन्ने भयो । सो पुलको अध्यक्ष पनि उनै पौडेल चुनिए । २०६६ सालमा पुल बनिसक्यो । कालीगण्डकी नदी माथि बनेको उक्त पुल नेपालकै अग्लो पुल दावी गरिएपछि फाट्टफुट्ट पर्यटन जान थाले । त्यसपछि मात्र पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको अवधारणा अघि बढेको पौडेलले सुनाए । त्यसको ३ वर्षपछि पौडेल पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको संस्थापन भयो । पर्यटन केन्द्रको अध्यक्षममा पौडेल चुनिएपछि पर्वतमा पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै नयाँ नयाँ पर्यटकीय क्षेत्र खोज्न सुरु भयो । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रले पहिलो कामका रुपमा ¥याफ्टिङ प्रवद्र्धन गर्न थाल्यो । सो समय नेपाल पर्यटन बोर्डले सघाएको उनले सुनाए । ‘म अध्यक्ष भएपनि नेपाल पर्यटन बोर्ड र पोखराका व्यावसायीसँग सहकार्य गरेर विभिन्न सरोकारवालाहरुलाई लिएर ¥याफ्टिङ प्रवद्र्धनका लागि गएका थियौं,’ उनले भने ।
अग्लो पुल हेर्न पाहुना झुमिएपछि केहीले त्यहाँबाट बञ्जी गर्न मिल्ने सुझायो । बञ्जीको संभावना र संभाव्यता बुझ्न टोली २०६८ सालमा सिन्धुपाल्चोक हानियो । भोटेकोशी माथिको बञ्जीका बारेमा जानकारी लिएपछि पर्वत फर्किएको टोली लामो समयसम्म अलमलमा प¥यो । धेरै खर्च लाग्ने अनि जोखिम बढि हुने भएपछि न त्यहाँका व्यावसायीले आँट ग¥यो न सरकारले चासो नै दियो । साहसिक पर्यटनको एउटा पाटो बञ्जीको राम्रो सम्भावना भएपनि सुरुवात कस्ले गर्ने भन्ने अन्योलता थियो । सोही क्रममा भोटेकोशीमा बञ्जी गराउने राजु कार्की २०७३ सालमा पर्वत पुगे । कार्कीले आँट गरे । अनि बञ्जीको संरचना बनाउने काम सुरु भयो । २०७७ सालदेखि पर्वतको कुश्मा र बागलुङको बलेवा जाड्नेगरी बनाइएको पुलको बिचमा भागबाट सुरु भयो, विश्वकै दोस्रो अग्लो बञ्जी ।
कार्कीले दि क्लिफ प्रालिले बनाएको नमुना पुल, बञ्जि जम्पसँगै, विश्वकै उच्च स्वीङ, स्काई साईक्लिङि, स्काई क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज निर्माण गरेपछि साहसिक पर्यकीय केन्द्रको रुपमा विकास भएको हो । अधिकांस संरचना बागलुङ बलेवामा रहेपनि यसले कुश्माको पर्यटनमा पनि टेवा पुगेको छ । यहाँको साहसिक खेलमा रमाउन पछिल्ला समय आन्तरिक पर्यटक बढि पुग्ने गरेका छन् । पछिल्ला समय भारत र बंगलादेशका नागरिकहरु साहसिक खेलको आनन्द लिन त्यहाँ पुग्ने गरेको दि क्लिफका सञ्चालक राजु कार्कीले बताए । ‘अधिकांस आन्तरिक पर्यटक हुन्छन्,’ दि क्लिफमा सञ्चाल कार्कीले भने, ‘पछिल्लो समय बाह्य पर्यटकहरु पनि यहाँ आउन थालेका छन् ।’ द क्लिफले नीजि लागानीमा साहसिक गतिविधिका संरचना बनाउन सुरु भएपछि कुश्मा मै कालीगण्डकीको खोंचमै जिपलाईन पनि बनेको छ । पछिल्लो झांगिदै गएको पर्वतको साहसिक पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले पनि चासो देखाएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटन प्रवद्र्धनका लागि समस्या, चुनौती र अवसरका बारेमा बुधवार कुश्मामा सरोकारवालाहरुसँग छलफल गरेका थिए ।
पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका सहसचिव शिवप्रसाद शर्मा रेग्मीले पर्वतको पर्यटकीय सम्भावना र क्षेत्रहरुका बारेमा जानकारी गराएपछि छलफल सुरु भएको थियो । सो छलफलमा साविक धौलागिरि क्षेत्रको गेटवेको रुपमा रहेको पर्वतमा प्रसस्तै सम्भावना र पर्यटकीय पूर्वाधारहरु भएपनि पर्याप्त मात्रामा जिल्लावासीले लाभ लिन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । उनीहरुले कालीगण्डकी नदी साहसिक पर्यटनसँगै धार्मीक पर्यटनका लागि पनि महत्वपूर्ण रहेको बताएका थिए । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष पौडेलले नीजि क्षेत्र लगानी बढाइरहँदा सरकारको ध्यान जान नसकेको बताए । ‘पछिल्लो समय पर्वत साहसिक पर्यटनको गन्तव्यको रुपमा चिनिदै गएको छ । यसमा यहाँका व्यावसायीहरुको ध्यान त गएको नै छ,’ उनले भने, ‘तर, सरकारी पक्षबाट नीति निर्माण बनाउने अनि प्रत्यक्ष फाइदा हुने काम नै भएको छैन । पर्यटन बोर्ड भने हामीलाई धेरथोर सहयोग गरिरहेको छ ।’ उनले साहसिक पर्यटनकै लागि प्याराग्लाइडिङको परिक्षण उडान भइसकेको उनले जानकारी दिए । यसका लागि पर्यटन बोर्डले पनि सघाएको उनले सुनाए ।
सरोकारवालहरुको छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डका शाखा प्रमुख नविन पोखरेलले पर्वतमा रहेका पर्यटकीय स्थलहरुको विकासका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताए । पर्वतमा साहसिक पर्यटकको अझ बढि संभावना रहेकाले आगामी बजेटमा ध्यान दिने उनको भनाइ थियो । नेपालका जुनसुकै क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको बताए । सम्बन्धीत क्षेत्रका स्थानीय सरोकारवालाहरुको सक्रियताले मात्रै साहसिक सहित अन्य पर्यटन क्षेत्र चलायमान हुने उनको भनाई थियो । पर्यटकीय पूर्वाधारहरुलाई प्रकृतिमैत्री बनाउनुका साथै हरेक दृष्टिकोणले सुविधा सम्पन्न बनाउन सकेमा मात्र त्यसवाट फाईदा लिन सकिने उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघ काकीका अध्यक्ष बिमला भण्डारीले बजेट निर्माणमा क्रममा भएको छलफलले प्रदेश र स्थानीय तहलाई झक्झकाउने बताइन् । पत्रकारहरुले पर्याप्त प्रचारप्रसार गरेर नै पर्यटनको विकास गर्न सकिने उनको भनाई थियो । कार्यक्रममा यूनिभर्सिटी अफ अटवाका प्रध्यापक भानुभक्त आचार्य, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा, पत्रकार गणेश पौडेल, प्रनिश गिरी, आरके अदिप्त गिरी, समाजसेवी पृथ्वीनारायण शर्मालगायतले पयर्टन लागि उचित व्यवस्थापन, पर्याप्त सुविधा र स्थानीयस्तरका उत्पादनको खानपानमा जोड दिनुपर्ने बताएका थिए ।