सुनाखरी न्युज / काठमाडौं – सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता लिइएको छ । विभिन्न माग राख्दै विद्यालयका शिक्षक तथा कर्मचारीहरूले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेका थिए ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हाल सम्म पनि ८,०००, १३,५०० मासिक पारिश्रमिकमा काम गर्न वाध्य पारिएको, लगायत विभिन्न विषय उठाउँदै आन्दोलनमा उत्रिएका थिए ।
शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको भन्दै आन्दोलन स्थगित गरिएको हो ।