सुनाखरी न्युज / काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालले २०० रन पूरा गरेको छ।
ओपनर कुशल भुर्तेलको ९९ रनको योगदानले नेपालले २०० रन पार गरेको हो। भुर्तेल ९५ बलमा ९९ रन बनाएर आउट भएका हुन्। उनी विलिंगटन मसाकान्ड्जाले बोल्ड भए। यसैगरी अर्का ओपनर आसिफ शेख १०० बलमा ६६ रन बनाएर क्याचआउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन्।
मल्लले २६ बलमा २१ रन बनाएर खेलिरहेका छन् भने पौडेलले १९ बलमा १७ रन बनाएर खेलिरहेका छन्। नेपालले ३० ओभरको समाप्तिमा २१२ रन बनाएर खेलिरहेको छ।